धादिङबेसी माघ २५ । नेपाल पत्रकार महासंघ मध्यमाञ्चलको बैठक एवम् बरिष्ठ पत्रकार सम्मान कार्यक्रम नेपाल सरकारका उपप्रधान एवम् अर्थमन्त्री माननिय कृष्णबहादुर महरा धादिङबेसी आउनु हुने भएको छ ।
मध्यमाञ्चलका सबै जिल्लाका अध्यक्षहरु उपस्थित हुने उक्त वैठक तथा बरिष्ठ पत्रकार सम्मान कार्यक्रमको को लागि अर्थमन्त्री महरा माघ २६ गते बुधबार धादिङबेसी आउन लाग्नु भएको हो ।
बैठक एवम् बरिष्ठ पत्रकार सम्मान कार्यक्रम धादिङबेसी स्थित होटल जीविका एण्ड हुक्काबार पुछारबजारमा बिहान ९ बजेबाट सुरुहुने नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छतकुलीले बताउनु भएको छ ।