अखिल क्रान्तिकारीको एकै दिन नीलकण्ठ र गजुरीमा कार्यक्रम

Avatar photo
Dhadingpost
मङ्लबार, माघ २५, २०७३

धादिङ माघ २४ । अखिल क्रान्तिकारी नीलकण्ठ बहुमुखी क्याम्पस धादिङले छैटौं इकाइ सम्मेलन तथा स्वबियु तयारी बैठक सम्पन्न गरेको छ ।

बैठकमा अखिल क्रान्तिकारी केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष माधव छत्कुलीले फागुन २४ गते हुन गइरहेको स्वबियु चुनाब विद्यार्थीहरुको अधिकार प्राप्तीको दिन भएको छ ।

यस दिन आम विद्यार्थीहरुको वैचारिक रुपमा जनवादी, व्यवहारीक र शिक्षाको लागि आन्दोलनरत विद्यार्थी संगठन अखिल क्रान्तिकारीलाई जिताउनु पर्ने भएकोले स्ववियू चुनाव सदस्यहरुलाई आग्रह गर्नु भएको थियो ।
बैठकले गजेन्द्र गुरुङको अध्यक्षतामा २७ सदस्यीय इकाइ समिति चयन गरेको छ । जसको उपाध्यक्षमा कपिल जमकट्टेल, रन्जना रिजाल, सचिबमा अनुप भट्ट, सह–सचिबमा बिजय तामाङ र कोषाध्यक्षमा लक्ष्मी गुरुङलाई चयन गरेको छ ।

चुनाबलाइ लक्षित गरेर हरि बिश्वकर्माको संयोजकत्वमा स्वबियु चुनाव परिचालन समिति, रन्जना रिजालको अध्यक्षतामा छात्रा बिभाग, जनक परियारको अध्यक्षतामा दलित बिभाग र बिक्रम थापा मगरको अध्यक्षतामा स्टुडेन्ट भोलेन्टियर्स समेत गठन गरेको जिल्ला अध्यक्ष माधव छत्कुलीले धादिङपोष्टलाई बताउनु भयो ।

त्यसैगरि आजै गजुरीमा रहेको आर्दश बहुमुखी क्यापस गजुरीमा पनि अखिल क्रान्तिकारी पुनरगठन गरिएको छ । पुनर गठित कार्यसमिति रोस्मित अधिकारी अध्यक्षता रहने गरि उपाध्यक्ष सुस्मिता तामाङ, सचिब बिजय तामाङ, सह सचिब राधिका अधिकारी, कोषाध्यक्ष महिमा रिजाल लगायत ३५ सदस्य रहेको कमिटि बनाएको अखिल क्रान्तिकारीका केन्द्रय सदस्य राजन अधिकारीले जानकारी दिनु भयो ।