विप्लव नेतृत्वको माओवादी महादिवेशनको प्रचारमा

Avatar photo
Dhadingpost
आइतवार, माघ २३, २०७३

धादिङबेसी माघ २३ । विप्लव नेतृत्वको नेकपा माओवादी धादिङले यतिवेला महादिवेशनको प्रचारलाई तिब्र पारेको छ ।

जनयुद्ध दिवसको दिन पारेर काठमाडौको खुल्ला मञ्चमा फागुन १ गते उद्घाटन गर्न लागेको महादिवेशनको प्रचारलाई विप्लव नेतृत्वको नेकपा माओवादी धादिङले तिब्र पारेको हो ।

धादिङका सार्वजनिक स्थल, पाटी पौवा, मन्दिर, लगायतका ठाउँहरुमा वाल पेन्टिङ, पम्प्लेट टाँस्ने, पर्चा छर्ने कामहरु नेकपा माओवादी धादिङका कार्यकर्ताहरुले गरि रहेका छन् ।

धादिङका जतातै वालहरुमा फागुन १ गते काठमाडौ खुल्ला मञ्च जाऔं, दलाल संसदीय व्यवस्थाको अन्त्य गरौं, जनसत्ता निमार्ण गरौ भन्ने नाराहरु लेखिएका छन् ।

फागुन १ गते खुल्ला मञ्चबाट महादिवेशनको उद्घाटन गरेर बन्द सत्र जनयुद्धको उद्गम भुमी रोल्पामा हुने विप्लव नेतृत्वको माओवादीका दिप किरण सिटौलाले धादिङपोष्टलाई बताउनु भयो ।