धुवाँकोटमा २ सय ८ सोलार टुकी वितरण

Avatar photo
Dhadingpost
आइतवार, माघ २३, २०७३

सुमन अधिकारी,
धादिङ माघ २३ । धादिङ जिल्लाको धुवाँकोटमा सोलार टुकी बितरण गरिएको छ ।

नेपाल रेड्क्रस सोसाइटी शाखा धादिङका कोषाध्यक्ष दुर्लव तामाङको उपस्थितिमा उक्त सोलार टुकि २ सय ८ जना गरिब बिपन्न दलित र भुकम्प पिडितबितरण गरिएको हो ।

उक्त टुकी सोलारबाट २ ओटा बल्प र सजिलै सँग बाल्न र मोबार्इल चार्ज गर्न सकिन्छ ।

धुवाँकोट गा बि स का ३०० घर धुरिले मात्र यो राहात पाउने भएकोले १३०० सय घर धुरी रहेको गाबिसमा बाँकी भुकम्प पिडितले नपाउँदा स्थानिय वडा नागरिक मन्चका संयोजकले राहात वितरणमा समानता नभएको बताएका छन् ।