कृष्ण राना मगर,
धादिङ फुलखर्क माघ २३ । नेपाल रेडक्रस सोसाइटी फुलखर्क उपशाखाको २३ औँ साधारणसभा सम्पन्न भएको छ ।
उपशाखा सभापति यम बहादुर बानियाँको अध्यक्षतामा र गाविसका सहायक सचिव कुमार अधिकारीको प्रमुख आतिथ्यमा साधारण सभा शनिबार सम्पन्न भएको हो ।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष राजकुमार कार्की र प्रगतिवेदन सचिव चेतनाथ तिम्सिनाले प्रस्तुत गर्नु भएको थियोे ।
संस्थाको रु ३ लाख ५१ हजार २ सय ९३ रुपैया बराबरको आय व्यय प्रस्तुत गरिएको थियोे । हाल संस्थाको बचत रु २ लाख ५६ हजार ८ सय ५४ रुपैयाँ रहेको छ ।
आजीवन सदस्य लिने १० जना लाई प्रमाणपत्र वितरण गरिएको छ । हाल यस संस्थामा १६२ जना सदस्य रहेका छन ।
आगमी वर्ष ३०० जना सदस्य पुर्याउने लक्ष्य राखेको छ। साथै आगमी वर्षको वार्षिक कार्यक्रम समेत निर्माण गरेको छ ।