धादिङ माघ २३ । प्रेस चौतारीको धादिङको अध्यक्षमा सरोज पौडेल निर्वाचित हुनु भएको छ ।
धादिङबेसीमा शनिबार भएको जिल्ला भेलाबाट ११ सदस्यीय कार्य समिति सहित अध्यक्षमा पौडेल निर्वाचित हुनुभएको हो ।
पत्रकार महासंघ धादिङको निर्वाचन नजिकँदै गर्दा भएको चौतारीको यस भेलाले विशेष महत्व राख्ने आकल गरिएको छ भने आसन्न महासंघको चुनावलाई मिलाएर लैजाने सवालमा पौड्यलको महत्वपूर्ण भुमिका रहने दावी गरिएको छ ।
धादिङपोष्ट सँग कुरा गर्दै पौडेलले भन्नु भयो चौतारी सबै संगठनहरु सँग छलफल गर्छ चुनावबाट हैन सहमति बाटै महासंघ धादिङ नेतृत्व बनाउन चाहन्छ । हामी महासंघलाई सबै पत्रकारहरुको साझा संस्थाको रुपमा लैजान चाहान्छौ ।
प्रेस चौतारी नेपाल धादिङका अध्यक्ष तथा रेडियो राजमार्गका स्टेशन म्यानेजर नारायण चन्द्र सुवेदी अमेरिका गएपछि कार्र्यवाहक अध्यक्ष प्रकाश सापकोटा नेतृत्वमा चौतारी अगाडी बढी रहेको थियो ।
सरोज पौडेल अध्यक्ष सहित उपाध्यक्षमा सानुबाबु तिमिल्सिना, सचिवमा शंकर श्रेष्ठ, सह सचिवमा श्रीहजुर सिलवाल, कोषाध्यक्षमा सिर्जना खनाल र सदस्यहरुमारामकुमार थापा, आशिष ठकुरी, राजाराम डंगोल, राज ढुंगाना, अर्जुन श्रेष्ठ र सिर्जना खनाल निर्वाचित भएका छन् ।