धादिङ माघ २० । धादिङका गाउँ विकास समितिका सचिवहरुले प्रेस विज्ञप्ती जारी गर्दै काम काज ठप्प पारेका छन् ।
कार्य सम्पादनको आधारमा दिने भनेको प्रोत्साहन भत्ता अर्थ मन्त्रालयले रोक्का गरेका कारण गाविस सचिवले कार्यालयको काम ठप्प पार्दा गाविसमा विभिन्न काम लिएर आएका सर्वसाधारणहरु मर्कामा परेका छन् ।
प्रेस विज्ञप्तीमा सरकारी सेवालाई सङ्घीय सेवा र प्रदेश सेवा गरी दुई तहमा मात्र राख्नुपर्ने, प्रदेश सेवामा खटाउँदा कम्तीमा एक तह बढुवा गर्नुपर्ने, शैक्षिक योग्यताका कारण बढुवा दिन नमिल्ने कर्मचारीलाई तह वृद्धिसहितको अवकाश योजना ल्याउनुपर्ने, स्थानीय तहमा खटी कामकाज गर्नुपर्दा शतप्रशित प्रोत्साहन भत्ता दिनुपर्ने, खाइपाई आएको सेवा सुविधा नघट्ने र सेवा प्रवेश गर्दाको सर्तमा कम नहुने गरी सुनिश्चित गर्नुपर्ने र सङ्घीय तथा प्रदेशमा समायोजनको लागि विभाजन गर्दा शैक्षिक योग्यता, कार्य सम्पादन, ज्येष्ठता, स्थायी बसोवास र हाल कार्यरत भूगोललगायत आधारमानी छनोटको अवसर दिनुपर्ने जस्ता मागहरु उल्लेख गरिएको छ ।