नलाङमा सामुहिक ब्रतबन्ध गरियो

Avatar photo
Dhadingpost
बिहिबार, माघ २०, २०७३

धादिङ नलाङ माघ २० । धादिङको नलाङ गाविसमा श्रीपन्चमीको अवसरपारी बुधबार सामुहिक ब्रतबन्ध गरिएको छ ।

नलाङ मोडेल एकेडेमी र चक्रदेवी सेवा समाज नलाङको संयुक्त आयोजनामा सामुहिक ब्रतबन्ध कार्यक्रम सम्पन्न भएको हो ।

धार्मिक एवम् सान्स्कृतिक पक्ष र सान्स्कृतिक सम्रक्षणमा सामुहिक प्रायस को भावना बिकास गर्न बार्षिक रुपमा सन्चालन हुँदै आएको एस कार्यक्रम मा यो पटक १० जना बटु हरुको ब्रतबन्ध गरिएको आयोजक संस्थाका शंकर सिलवालले धादिङपोष्टलाई बताउनु भयो ।

आगमी बर्षा हरुमा पनि यो कार्यक्रम सन्चालन गर्दै जाने र फजुल खर्चलाई बचत गरी शिक्षामा लगानी गर्दै जाने योजना स्वरुप यो कार्यक्रम सन्चालन गर्दै आएका छौ ।

चक्रवी मन्दिर परीसरमा भएको सो कार्यक्रम मा धार्मिक एबम सन्स्कृतिक नाचगान पनि सँगइ सन्चालन गरिएको कार्यक्रम संयोजक बालकृष्ण सिलवलले बताउनु भयो ।