धादिङ बोर्डिङको २० औं वार्षिक उत्सव तथा अभिभावक दिवस

Avatar photo
Dhadingpost
बुधबार, माघ १९, २०७३

धादिङबेसी माघ १९ । धादिङबेसी स्थित धादिङ आवासीय उच्च माध्यमिक विद्यालयको २० औं बार्षिक उत्सव तथा अभिभाबक दिवस भव्य रुपमा मनाईएको छ ।

सहायक जिल्ला शिक्षा अधिकारी शोभाकार रेग्मीको प्रमुख आतिथ्यता सम्पन्न दिवसमा उतकृष्ट शिक्षक शिक्षका र अतुलनीय कार्यका लागि भन्दै विद्यलयका प्रिन्सिपल हरि लम्साललाई सम्मान गरिएको थियो ।

विद्यालय व्यावस्थापन समितिका अध्यक्ष बावुराम अधिकारीको सभापतित्वमा सम्पन्न समारोहमा बोल्दै सहायक जिल्ला शिक्षा अधिकारी रेग्मीले संस्थाग विद्यालय मध्ये नमुना विद्यालयको रुपमा धादिङ आवासिय उच्च माध्यमिक विद्यालयलाई लिन सकिने बताउनु भएको छ ।

त्यसैगरी यस विद्यालयबाट एस् एल् सी परीक्षामा १६ चोटि सहभागी भएकोमा १० चोटि जिल्ला प्रथम भएकोले आगामी दिनहरुमा पनि सफल रहनको लागी शुभकामना दिनुभएको थियो ।