धादिङबेसी माघ १९ । धादिङ जिल्लामा जनवरी देखि बालबालिका केन्द्रित विपद् जोखिम न्यूनिकरण सम्बन्धी कार्यक्रम सुरु भएको छ ।
नेपाल रडक्रस सोसाइटी केन्द्रिय कार्यलय र युनिसेफको सहकार्यमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङले मंगलबार संयुक्त कार्यक्रम गर्दै बालबलिका केन्द्रित विपद् जोखिम न्यूनिकरण कार्यक्रम संचालन भएको जानकारी गराएको हो ।
२०१७ जनवरी देखि २०१८ जनवरी सम्म आर्य पुग्दा सम्म आफ्नो गतिवीधि सार्वजनीक नगरेको रेडक्रस र युनिसेफले राष्ट्रिय तथा स्थानिय मिडियामा भुकम्पको नामामा ब्रह्मलुट भन्ने समाचार दिन थाले पछि यस्ता स्थाहरु मिडिया सम्म आउन यस्ता कार्यक्रमहरु गर्न थालेको आरोप पनि लाग्न थालेको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका सभापति सिताराम कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको प्रमुख आतिथ्यता रहेको थियो ।