दुबईको सेक्युरेटी गार्डलाइ अन्तराष्ट्रियस्तरको बनाइने

Avatar photo
Dhadingpost
मङ्लबार, माघ १८, २०७३

दुबई, माघ १८ । युएईको प्रसिद्द शहर दुबईमा काम गर्ने सबै सुरक्षा गार्डहरुको तलबमा बृदि भएको छ । सुरक्षा गार्ड सम्बन्धी युएइ स्थित दुबईको स्थानिय प्रशासनले सुरक्षा गार्डहरुको तलब तथा सेवा सुबिधा बढाउन निर्देशन जारी गरेपछी तलबमा बृदि भएको हो ।
१९९९ डिसेम्बरमा दुबै पुलिसको उपसाखाको रुपमा स्थपना भएको डिपिएस (DPS)साखा (डिपार्ट्मेन्ट अफ प्रोटेक्टिभ सिस्टम)ले सुरक्षा गार्डसमबन्धी नया नियम आबस्यक्ता भएको बताएपछी दुबैको स्थानिय प्रशासनले नया नियम जारी गर्दै सुरक्षा गार्डहरुको तलब तथा सेवा सुबिधामा ध्यानाकर्षण गराएको थियो ।
joins-us-top-image२०१७ जनवरी देखि अनिबार्यरुपमा प्रत्येक सुरक्षा गार्डहरुलाइ अहिलेको तलबमा ६०% बढाउन कम्पनीहरुलाइ  पत्रचार गरे सगै कम्पनीहरु आन्तरिक गृहकार्यमा लागेका थिए ।
गृहकार्यमा जुटेका सबै डिपिएस कम्पनीहरुले सरकारी नियमको मध्यनजर गर्दै कन्ट्याक पेपरमा दस्तखत समेत गराइसकेको याहा स्थित डिपिएस सुरक्षा गार्डहरुले बताएका छन ।
नया नियममा डिपिएस सिस्टमलाइ समेत खारेजी गरेर सिरा (SIRA सेकुरेटी इन्डष्ट्री रेगुलटरी एजेन्सी )बनाइएको  छ । नया नियम अनुसार अब प्रत्येक सुरक्षा गार्डले मासिक ओभर टाइम बाहेक २२ सय ६२ दिराम देखि २४ सय ६ दिरामसम्म पाउने छन ।
दुबैको प्राभेट क्षेत्रमा कार्यरत सेकुरेटी गार्डहरुलाइ अन्तराष्ट्रीय स्तरको बनाउने उदेश्यका साथ डिपिएसबाट सिरा(SIRA ) बनाइएको डिपिएस उपसाखाका उच्च अधिकृत तथा सुरक्षा ब्यवस्थापनका अडिल अबडेल हाडीले बताए ।
सिरा सिस्टममा डिपिएस सिस्टमको भन्दा सुरक्षा गार्डहरुले लाइसेन्स प्राप्त गर्न केही कडा नियम बनाएको पनि उन्ले बताएका छन ।
नया नियममा १८ बर्षदेखी ६० बर्षसम्मका सारिरिकरुपमा तन्दुरुस्त जोकोहिले पनि सिरा सिस्टममा काम गर्न पाउने उल्लेख गरिएको छ । उमेर अनुसार नै प्रत्येक सेकुरेटीले ५ दिनको तालिमपछीअनिबार्यलिखित ,सिटअप ,पुसअप,दौड पासगरेपछी मात्र  सिरा(SIRA ) लाइसेन्स उपलब्ध गराइने पनि उल्लेख गरेको छ ।
नेपालीहरुका लागि समेत युएइ आकर्षक गन्तव्य मानिदै आएको छ । पिएसबिडी(PSBD)मा ज्यादा तलब र डिपिएस(DPS)मा कम तलब दिरहेको बेला डिपिएसबाट सिरा बनाइ तलब पनि झण्डै पिएसबिडीको जतिकै बनाएपछी दुबैमा कार्यरत नेपालीहरुले खुसी ब्यक्त गरेका छन ।
नेपालीहरुको इमान्दारिताका कारण अन्य मुलुकबाट भन्दा नेपालबाट युएइस्थित सेकुरेटी एजेन्सीहरुले ठूलो संख्यामा नेपाल स्थित मेनपावर एजेन्सीहरुलाइ माग दिदै आएका छन ।