धादिङबेसी माघ १७ । धादिङबेसी स्थित एड्भान्स एकेडेमी नीलकण्ठ नगरपालिको आयोजना तथा एज्मा मेडियाद्वारा प्रवद्र्धित खगोल शास्त्र अध्ययन सामाग्री प्रर्दशन हुने भएको छ ।
एड्भान्स एकेडेमी प्राङ्गणमा सोमबार १० बजेबाट हुने प्रदर्शनीमा एज्मा मेडियाको अध्ययन उपकरण, विद्यालयका शिक्षक तथा विद्यार्थीले निर्माण गरेका रकेट, टेलिस्कोप लेन्स, यन्त्र उपकरणहरु प्रर्दशन हुन लागेको हो ।
ग्रह, तारा, सौर्यमण्डल, तारापुञ्ज र अन्य दृस्य र अदृस्य खगोलिय पिण्डहरूको अध्ययन् र अवलोकन गर्ने विधालाई खगोलशास्त्र भनिन्छ ।
सम्भव भए सम्म खगोलशास्त्र अध्ययनको शिलशिलामा जोडिने यन्त्र उपकरणहरु पनि प्रदर्शनीमा राखिने विद्यालयका प्रिन्सिपल गोविन्द बुढाथोकीले बताउनु भयो ।
प्रर्दशनमिा विद्यालयका शिक्षक विद्यार्थी र अभिभावकहरुलाई अनिवार्य उपस्थित हुन भनेका छौ, अन्य सर्वसाधारणलाई पनि प्रदर्शनी अवलोकनका लागि खुल्ला रहेको समेत प्रिन्सिपन बुण्ढाथोकिले बताउनु भयो ।
एक वर्ष पहिला काठमाडौंको बृहस्पति स्कुलमा एस्ट्रोनट्स (अन्तरिक्ष यात्री) सँग विभिन्न स्कुलका २४ जनाले विद्यार्थीले कुराकानी गरेका थिए । कुराकानीमा अन्तरिक्ष यात्रीसँग विभिन्न प्रश्नहरु सोधेर अन्तरिक्षसँग सम्बन्धित आफ्ना जिज्ञासा मेटेका थिए ।
यस्तै शैक्षिक मोडालिटीलाई नयाँ पन दिन र व्यवहारिक शिक्षालाई जोड दिदै आएको दावी गर्दै आई रहेको धादिङबेसी स्थित यस विद्यालयले पनि विद्यार्थी र अभिभावकहरुलाई समेत खगोलशास्त्रीय विज्ञानलाई नजिकबाट नियाल्न सहयोग पुग्ने विश्वासका साथ यो प्रदर्शनी आयोजना गरेको बताएको छ ।