विक्रम अधिकारी,
धादिङ किरान्चोक, माघ १७ । नेपाल सरकार का स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले खोप बालबालिका को नैसर्गिक अधिकार भएकाले कुनै पनि बालबालिका खोप बाट बन्चित हुन नहुने बताउनु भएको छ ।
किरान्चोक गाबिस लाई पुर्ण खोप गाबिस घोषणा गर्दै उहाँ ले सो कुरा बताउनु भएको हो । नेकपा एमाले धादिङका अध्यक्ष भुमी तृपाठीले बिकासको काममा सबै मिलेर अघि बढ्नु पर्ने बताउनु बताउँदै, स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न ढिलो गरेको भन्दै सरकारलाई छिटो ध्यान पुर्याउन आग्रह गर्नु भएको छ ।
साथै उहाँले २०७४ बैशाख अन्तिममा स्थानीय निकाय को निर्वाचन हुने भएकाले सबै लाई तयारी मा जुट्न आग्रह गर्नु भएको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्र धादिङ का अध्यक्ष शालिकराम जम्कट्टेलले किरान्चोक गाबिस पुर्ण खोप घोषणा भएकोमा खुशी ब्यक्त गर्दै बधाई दिनुभएको थियो । अहिलेको सरकारको मुख्य कार्यभार भनेको संविधान कार्यन्वयन गराउदै निर्बाचनमा जाने भएकाले निर्बाचनबाट कोहि पनि पर भाग्न नमिल्ने कुरामा जम्कट्टेलले जोड दिनु भयो ।
किरान्चोक स्वास्थ चौकी ब्यबस्थापन समिति अध्यक्ष योगेन्द्र बस्नेत को सभापत्तित्वमा सम्पन्न भएको कार्यक्रम मा नेपाल सरकार का स्वास्थ राज्य मन्त्री तारामान बस्नेत को प्रमुख आतिथ्यता र जिल्ला जनस्वास्थ्य प्रमुख महेश्वर श्रेष्ठ गाबिस सचिवतिर्थ दुवाडी, स्वास्थ कर्मी, राजनैतिक दलका प्रतिनिधिहरुको अतिथ्यता रहेको थियो ।