धादिङबेसीमा भव्य कार्यक्रमका बीच ल्होछार मनाईयो

Avatar photo
Dhadingpost
माघ १५, २०७३

धादिङबेसी माघ १५ । तामाङ समुदायको २८ सय ५३ औँ ल्होसार धादिङबेसीमा भव्यताका साथ मनाइएको छ ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि बाँदर वर्ष पूरा गरी चरा वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ ।

बाह्रवटा जीवजन्तुको चक्रमा आधारित वर्ष परम्परा ‘बाह्र ल्हो’लाई तामाङ, गुरुङ, शेर्पा, ह्योल्मो, थकालीलगायत नेपालका बौद्ध सम्प्रदायका हिमाली भोटबर्मेली जातिमात्र होइन चीन, भारत, भुटान, थाइल्यान्ड, भियतनाम, हङकङ, जापान, कोरिया, मंगोलिया, लाओस लगायत देशमा समेत मान्ने गरिन्छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा पुर्व गृहमन्त्री बुद्धिमान तामाङले तामाङहरुले आफ्नो हकहित अधिकार अधिकारका लागि कसै सँग सम्झौता नगरिने बताउनु भएको थियो । उहाँले राजनितिक चेतनामा पनि तामाङहरु अगाडी बढि सकेकाले आफनो पहिचानका लागि तामाङहरु एकहुनुपर्ने बताउनु भएको थियो कार्यक्रममा तामाङ कलाकारहरुले भर पुर मनोरञ्जनमा दिएका थिए ।

कार्यक्रमलाई प्रमुख अतीथी एवम पुर्वगृहमन्त्री वुद्धिमान तामाङले ४० हजार त्यसैगरी समाजसेवी अँगुर गुरुङले ३५ हजार नेपाल तामाङ घेदुङका पुर्वाध्यक्ष पुर्ण पाख्रीनले १० हजार, नेपाल तामाङ घेदुङ संघ युकेका महासचिव धनबहादुर तामाङले १० हजार, सत्यदेवीका समाजसेवी रन बहादुर तामाङले ५ हजार, जिल्ला विकास समिति धादिङ लगायत अन्य व्यक्तीहरुले सहयोग गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकार हरुको वेजोड सांस्कृतिक प्रस्तुति रहेको थियो । नेपाल तामा घेदुका अध्यक्ष रामसि तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुर्वगृहमन्त्री बुद्धिमान तामाङको प्रमुख आतीथ्यता रहेको थियो । त्यसै गरी विभिन्न राजनैतिक दल साथै तामाङ समुदायका मानिसहरुको उपस्थिति रहेको थियो ।

यो पनि पाढौं ।
के हो त ल्हो ? सामान्य चर्चा