ल्होछारमा वृज सिमेन्टको धोका

Avatar photo
Dhadingpost
शनिबार, माघ १५, २०७३

धादिङबेसी माघ १५ । धादिङका गाउँ टोल र बजारहरुमा माघ १५ गते धादिङबेसीमा हुने ल्होछार विशेष साँकृतिक कार्यक्रमको व्यानर झ्युण्ड्याईका थिए ।

हरेक प्रचार सामाग्रीमा मुख्य प्रायोजक वृज सिमेन्ट उल्लेख गरिएको थियो । धादिङका वृज सिमेन्ट विक्रेता मिशन हार्डवयर एण्ड सेनेटरी हाउस सँग छलफल गरियो कार्यक्रमको प्रायोजक वृज सिमेन्टको लाई मौखिक सहमति भए पछि साँस्कृतिक कार्यक्रम भव्य गर्ने योजना बनायौं प्रचार पनि त्यसैगरि गारियो तर कार्यक्रमको अधिल्लो दिन माघ १४ गते साँझ मात्र वृज सिमेन्ट कम्पनीले मनेन भन्ने आयो आयोजक संस्था तामाङ घेदुङ जिल्ला कार्य समितिका अध्यक्ष रामसिं तामाङले धादिङपोष्टलाई बताउनु भयो ।

हामीलाई प्रचार गर्न लगाईयो, हरेक प्रचार सामाग्रीमा मुख्य प्रायोजक वृज सिमेन्ट भनेर प्रचार गरियो स्थानिय मिडियाहरुले पनि १ साता देखि यहि प्रचार गरि रहे अन्तिम दिन आएर वृज सिमेन्टले धोका दियो तर पनि हामी कार्यक्रम भव्य सभ्यताका साथ सम्पन्न गछौ उहाँ भन्नु भयो ।

२८५३ औं ल्होछार पात्रो अनुसार बाँदर वर्षलाई विदाइ गरी ज्या ल्हो्चरा वर्ष शुरु हुन लखगेको अवसरमा मनाउन लागिएको छ । धादिङबेसीमा हुने कार्यक्रमका धादिङका पूर्व सांसद बुद्धिमान तामाङको प्रमुख आतिथ्यता रहने आयोजकले बताएको छ ।