चुनावका लागी तयार रहन कार्मचारीलाई मन्त्रीको निर्देशन

Avatar photo
Dhadingpost
शुक्रबार, माघ १४, २०७३

धादिङ माघ १४ । स्थानिय पुनःसंरचना अनुसार चुनावका लागी तयार रहन कार्मचारीहरुलाई संघिय मामिला तथा स्थानिय विकास मन्त्री हितराज पाण्डेले निर्देशन दिनुभएको छ ।

धादिङका स्थानिय निकायका कर्मचारीहरुलाई निर्देशन दिदै मत्री पाण्डेले अब चुनावको विकल्प छैन तपाईहरु स्थानिय पुनरसंरचना अनुसार चुनाव हुने हुँदा तयार रहन आग्रह गर्नु भएको होे ।

भुकम्पबाट तहसनहस भएका कामहरु विकास निमार्णको काम तिव्रताको साथ अगाडी बढाउन धादिङका स्थानिय विकास अधिकारी शिवलाल भुसाललाई आग्रह गर्नुभयो ।

आजै धादिङबेसीमा प्रेस सेन्टर धादिङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पाण्डेले पुर्नसंरचनाले दिएको प्रतिवेदनको कामलाई कसरी व्यवस्थीत रुपमा कार्यान्वयन गर्ने भन्ने बारेमा छलफल भइरहेको बताउनु भएको थियो ।

स्थानिय निकायको चुनाव कहिले हुन्छ भन्ने पत्रकारको जिज्ञासामा मन्त्री पाण्डेले अब केहि दिन मै स्थानिय निकायको चुनावको मिति तय हुने बताउँदै चुनावमा पत्रकारको भुमिका महत्वपूर्ण हुने बताउनु भएको थियो ।

गाविस सचिव कहिले गाउँ पठाउनु हुन्छ भुकम्पपिडिलाई अफ्ठुयारो परि रहेको भन्ने प्रश्नमा मन्त्री पाण्डेले भएका सचिवलाई कामै नगरेको भन्ने ठाउँ छैन भ्याई नभ्याई काम गरि रहेका छन् अब लोकसेवाबाट सचिव थपिने तयारी गरिएको र स्थानिय पुनरसंरचना अनुसार कर्मचारी आउँगाउँ पुर्याईने समेत बताउनु भएको थियो ।