धादिङ माघ १३ । धादिङबेसीमा जनचेतनाका लागि भूकम्प प्रविधी राष्ट्रिय समाजद्वारा निर्माण गरिएका कच्ची र पक्की नमुना घरहरुमा कम्पन गराई भुकम्प रहित घर निमार्णमा जोड दिएको छ ।
समाजले जिल्ला सदरमुकामस्थित स्थानीय बासिन्दा र विद्यार्थीहरुलाई कम्पन मञ्चमा कच्ची र पक्की घरको नमूना राखेर कृत्रिम भूकम्पको धक्का दिएर कसरी क्षति पुग्छ भन्ने जानकारी दिन कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले पहिलो किस्ताले जग निर्माण गरिसके मात्र दोस्रो किस्ता पाइने कुरा जनताले अझै नबुझेको बताउँदै प्रजिअ ढकालले पहिलो किस्ता लिएर भूकम्प प्रतिरोधी घर निर्माण नगर्नेले दोस्रो किस्ता पनि नपाउने र लिएको रकम पनि फिर्ता गर्नुपर्ने अवस्था आउनबाट सचेत हुन सबैलाई आग्रह गर्नु भएको थियो ।