कमलादेवी मुलपानी मुर्चोकको ५८ वर्षिक उत्सव सकियो

Avatar photo
Dhadingpost
मङ्लबार, माघ ११, २०७३

कमलादेवी आधारभूत विद्यालय मुलपानी २ मुर्चोक धादिङको ५८ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ ।   माघ ८ गतेदेखि विविध खेलकुद गर्दै गरि विद्यालयको वार्षिक उत्सव सकिएको हो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिको अध्यक्ष लोकेन्द्र कुमार थापाको अध्यक्षतामा र बद्रीविशाल मावि बुढाथुम स्रोत केन्द्रका स्रोत ब्यक्ति निलकन्ठ रेग्मीको प्रमुख आतिथ्यतामा भएको थियो ।

विद्यालयका प्र अ दल बहादुर थापाले प्रगति प्रतिवेदन र ३३ लाख बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको छ। साथै विद्यालयले विभिन्न ब्यक्तिहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा गोपाल आले मगर मुलपानी २,योगेन्द्र थापा मुलपानी २, रहेका छन् ।
विद्यालयका शिक्षकद्वय सुस्मिता खत्री र बिमला अधिकारी शिक्षण सेवाबाट बाहिरिनु भएकोमा विद्यालयको तर्फबाट सम्मान तथा बिदाइ गरिएको थियो ।

उत्कृष्ट शिक्षकको रुपमा विष्णुप्रसाद तिमल्सिना र अतिरिक्त क्रियाकलापमा सक्रियता वापत प्रोत्साहन पुरस्कारमा कृष्ण राना सम्मानित भएका छन् ।कार्यक्रममा लोक तथा दोहोरी गायकहरू गोकर्ण राना मगर र सबिन अधिकारीले आफ्ना साँस्कृतिक प्रस्तुति राखेका थिए ।