धादिङ माघ ११ । धादिङबेसी स्थित कवर्डहलमा आयोजित राष्ट्रिय युवा अभियानको सम्मेलनमा ५५ जना भन्दा बढीलाई नयाँ शक्ति धादिङमा प्रवेस गराईएको छ ।
सम्मेलन उद्घाटन गर्न धादिङबेसी आउनु भएका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भड्टराईले जाडोमा लगाएको लुगा गर्मीमा फेरिएन बने मुर्ख भन्छन् । नयाँ शक्ति त्यस्कै उपज भएकोले प्रवेसको लहर देशैभरी भएको बताउँदै उहाँले धादिङमा पनि नव प्रवेशिलाई स्वागत गर्दै अविर लगाई दिनु भयो ।
प्रवेसीलाई अविर लगाईदिदै जाँदा बीच बीचमा अबोध बालबालिकाहरुको समेत प्रवेसको नाम आउँथ्यो नेता भट्टराई सङ्कोच मानि मानि स्वागतको अविर निधारमा लगाई दिनु हुन्थ्यो ।
साँचै रुपान्तरण सहितको आर्थिक र समृद्धिको लागि अपनाउनु पर्ने आधारभुत सिप ज्ञान र क्षमता उन्मुख कार्यकर्ताहरु नयाँ शक्तिको लागि खाँचो हो या जस्ता भएनी हुन्छ भन्ने कुरा नयाँ शक्तिका नेताहरुले नै बुझ्ने कुरा हो । जेहोस आज धादिङबेसीमा आयोजित कार्यक्रममा पार्टी प्रवेस गर्ने एमाले काँग्रेस माओवादी केन्द्र लगायतका कार्यकर्ताहरु समेत थिए ।
कुन गाविसबाट को-को प्रवेस गरे
पार्टी प्रवेषका केहि फोटोहरु