धादिङ माघ ११ । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले रगत र बलिदानीले स्थापित जनपक्षिय एजेण्डा धरापमा परेको बताउनु भएको छ ।
आज धादिङबेसीमा राष्ट्रिय युवा अभियान धादिङको प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री भट्टराइले काँग्रेस, एमाले, माओवादी केन्द्र लगाएतका दलहरुका कारण आन्दोलनबाट स्थापित एजेण्डाहरु धरामपमा परेको बताउनु भएको हो ।
उहाँले गणतन्त्र, संघियता, धर्म निरिपेक्षता जस्ता जनपक्षिय एजेण्डाहरुलाई कुर्ची सँग जोडेर केहि दलहरु देसि तथा विदेशिहरु संविधान फेल गराउने तवरले लागेको समेत बताउनु भएको छ ।
हामी पुराना दलहरुलाई गाली गर्न चाहान्नौं नयाँ शक्ति एकदलले अर्को दलको विरोध गर्न मात्र स्थापना भएको होग्न हामी मुलुकलाई समृद्ध बनाउने योजना सहित जनताकोमा छौं राजनीति प्रति वितिस्णा पैदा हुँदै गएका जनताहरु नयाँ शक्तिको एजेण्डाले थप राजनिति तर्फ आशाराख्न थालेको समेत नेता भट्टराइले बताउनु भएको थियो ।
सम्मेलन उद्घाटन कार्यक्रममा नयाँ शक्तिका सल्लाहकार डा. विकाशानन्द, प्रशिक्षण विभाग प्रमुख डम्बर खतिवडा, लगायतका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए ।
धादिङबेसी स्थित जिल्ला खेलकुद विकास समितिको कवर्डहलमा भएको सम्मेलन उद्घाटन पूर्व नयाँ शक्ति धादिङका नेता तथा कार्यकर्ताले धादिङबेसी पुछार बजारबाट र्याली निकालेका थिए ।