धादिङ माघ ११ । नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराई, योगि विकाशानन्द लगायतका नेताहरु आज धादिङ आउने भएका छन् ।
नयाँ शक्ति धादिङका संयोजक विरबहादुर तामाङका अनुसार उनीहरु नयाँ शक्ति नकिट राष्ट्रिय युवा अभियान धादिङको सम्मेलनमा उहाँहरु धादिङबेसी आउन लागेका हुन् ।
धादिङबेसी स्थित कवर्डहलमा हुने उक्त प्रथम जिल्ला सम्मेलनमा पार्टी प्रशिक्षण विभाग प्रमुख डम्बर खतिवडा, शिक्षा विभाग प्रमुख डा. राजेन्द्र केसी लगायतका नेताहरु समेत आउने संयोजक तामाङले धादिङपोष्टलाई बताउनु भयो ।
नयाँ शक्ति नेपाल धादिङ अन्तरगत खेलकुद कवर्डहलमा भएको कार्यक्रममा भट्टराई यो दोश्रो पटक आउन लाग्नु भएको हो । माओवादी परित्याग गरि आर्थिक विकास र समृद्ध नेपालको परिकल्पना बोकेर नयाँ शक्तिपार्टी गठन पश्चात पार्टी निर्माण अभियानमा भट्टराई छन् ।