विप्लवको उद्घोष, क्रान्तिको बिगुल काठमाडौंबाटै बज्ने

Avatar photo
Dhadingpost
सोमवार, माघ १०, २०७३

काठमाडौं माघ १० । नेकपा (माओवादी) का महासचिव नेत्र बिक्रम चन्द (विप्लव) ले क्रान्तिको बिगुल काठमाडौंबाटै बज्ने बताउनु भएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा नेता विप्लवले मुलुकमा अब फेरी क्रान्ति हुने उद्घोष तर अब विगतमा जस्तो जङगलबाट नभएर काठमाण्डौ बाटै हुने उद्घोष गर्नु भएको हो ।

माओवादी हतियार बोकेर जंगल जान्छ भन्ने भ्रम जनतामाझ फैलाईएको भन्दै उहाँले त्यसमा सत्यता नभएको अबको क्रान्ति शहर र राजधानी केन्द्रित हुन्छ हेर्नुहोला काठमाण्डौको गल्लि चोक र युनिभर्सिटिहरु अव क्रान्तिका उद्घोष हुने उहाँले बताउनु भयो ।

उहाँले युवा जमातलाई क्रान्तिमा होमिन आह्वान गर्दै अबको आन्दोलनले असफल भैसकेको संसदिय व्यावस्थाको पत्तासाफ हुने र बरु आफु अर्को गंगालाल हुन परे पनि हुने बताउनु भएको थियो ।