अब शिक्षकलाई मासिक रुपमा तलबभत्ता

Avatar photo
Dhadingpost
सोमवार, माघ १०, २०७३

काठमाडौं, माघ १० । शिक्षकले पाउँदै आएको चौमासिक तलब भत्तालाई परिवर्तन गरिने भएको छ ।

शिक्षा मन्त्रालयका अनुसार शिक्षकले मासिक रुपमा तलब भत्ता पाउने गरी योजना कार्यान्वयन गर्न निर्देशन दिएपछि चौमासिकको परम्परा टोडिने भएको हो ।

शिक्षा नियमावली २०५९ को नियम १०१ (१) मा शिक्षकले प्रत्येक महिना भुक्तान गरपछि तलब भत्ता पाउने व्यवस्था छ । तर, यसअघि भने शिक्षकले चौमासिक रुपमा तलब भत्ता पाउँदै आएका थिए ।

‘शिक्षक नियमावलीमा प्रावधान भएअनुसार मासिक रुपमा तलब भत्ता भुक्तानी नभइरहेको भनी सम्बन्धित शिक्षकहरु र शिक्षक हक हितसँग सम्बन्धित संघ संगठन तथा नेपाल शिक्षक महासंघ समेतहरुबाट गुनासो आइरहेको हुँदा शिक्षकहरुको तलब भत्ता मासिक रुपमा भुक्तानी गर्ने व्यवस्था मिलाउन देहाय बमोजिम गर्ने गरी नेपाल सरकार सचिव स्तरबाट मिति २०७३।०९।०३ मा निर्णय भएको हुँदा सो अनुसार गराउन व्यवस्थाको लागि अनुरोध छ,’ शिक्षा मन्त्रालयले सम्बन्धित निकायमा गरेको पत्राचारमा उल्लेख छ । आगामी साउनदेखि यो नियम लागु गर्न मन्त्रालयले निर्देशन दिएको छ ।