धादिङ दार्खा माघ ९ । २५८३ औ ज्य ल्होछारको अवसरमा म्हन्दङ संरक्षण समाजद्वारा आयोजित स्रोतकेन्द्र स्तरीय बृहत् हाजिरीजवाफ प्रतियोगिता दार्खा कुरीमा सम्पन्न भएको छ ।
बच्छलादेवी स्रोतकेन्द्रका प्रतिनिधि तुलसी अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा ल्याक्चेकुण्ड ए प्रथम, ल्याक्चेकुण्ड बि द्वितीय, गणेशकुण्ड तृतीय र वृचेत सान्त्वाना भएका छन् ।
सधैजसो रमझममा सीमित गतिविधि भन्दा भिन्न शैक्षिक कार्यक्रम साबित हुन पुगेको यस कार्यक्रमले म्हन्दङको ऐतिहासिकता थप प्रवर्द्धनमा टेवा पुग्नुका साथै बालबालिकाको अतिरिक्त ज्ञानको वृद्धि, ज्ञानको जगको भुमिका समेत निर्वाह गर्न सक्ने नयाँ प्रतियोगितात्मक कार्यक्रमको मीठो सन्देश दिन सफल भएको भनाई वृचेत मा वि का शिक्षक दिपेश योगीको रहेको छ ।
प्रथम पुरस्कार – नगद रु ५ हजार, प्रमाणपत्र र स्टेसनरी
* द्धितीय पुरस्कार – नगद रु ४ हजार प्रमाणपत्र र स्टेसनरी ।
* तृतीय पुरस्कार – नगद रु ३ हजार, प्रमाणपत्र र स्टेसनरी
* सान्त्वना – नगद रु 2 हजार, प्रमाणपत्र र स्टेसनरी
म्हन्दङ संरक्षण समाजले अघिल्लो वर्ष म्हन्दङ नामक पुस्तक प्रकाशन गरी वितरण समेत गरिएको थियो । ऐतिहासिक म्हन्दङ संरक्षणमा जुटेका युवाहरूले नौला र सृजनात्मक कार्यक्रमहरू गरिरहने समाजका सचिव बिमल तामाङले बताए ।