धादिङ माघ ६ । नेकपा माओवादी धादिङको चौथो जिल्ला सम्मेलन पछिको दोश्रो वैठकले गाउँ पालिका स्तरीय संरचना बनाईे र पार्टीलाई चुनाव केन्द्रित बनाउने निर्णय गर्दै सकिएको छ ।
माओवादी केन्द्रका सचिवालय सदस्य तथा ३ नम्बर प्रदेश इन्चाजै झक्कु सुवेदीको प्रमुख अतिथ्यतामा सम्पन्न वैठकले संघियता अनुरुप पार्टीको संरचना तय गर्दै गाउँपालिका इन्चार्ज, संयोजकको जिम्मेवारी ठोस गर्दै स्थानिय चुनावको तयारी स्वरुप जिल्ला सदस्यहरुलाई जिम्मेवारी बाडफाँड गरेको हो ।
लापाबाट भुकम्पका कारण विस्थापित भएर ढोला स्थित तल्लो आहालेमा वस्दै गाएका भुकम्प पिडितहरुको शिविरमा वसेको बैठमा प्रमुख अतिथि झक्कु प्रसाद सुवेदीले चुनाव जित्न जनताको मत चाहिन्छ हामी जनताकोमा जान विर्सेका छौँ । हाम्रा राजनीतिक एजेण्डाहरु गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, विभिन्न जातजाती, क्षेत्र लिङ्गको अधिकारलाई अन्यदलले जनतामा हाम्रा एजेण्डा भएको भ्रम छरि रहेका छन् ।
अब जनताकोमा जान र यी एजेण्डा माओवादी केन्द्रको भएको बताउन जिल्ला सदस्यहरुलाई निर्देशन दिनु भएको थियो । चुनाव माओवादीले जित्नु पर्छ हाम्रा केहि बानी आचरण सुर्धानु पर्छ जनयुद्धको उपलब्धी रक्षा गर्न नसक्ने हामी कस्ता कार्यकर्ता भयौं प्रचण्ड उक्लैले पार्टी चलाउने हो र ? कार्यकर्तालाई प्रश्न गर्दै नेता सुवेदीले काम गर्न सम्नेले जिम्मेवारी लिनुहोस् नसक्नेले सहयोग गर्नहोस् अब जनताको घर घर जानै पर्छ धादिङमा शालिकराम जम्कट्टेल अध्यक्ष बन्नु भएको छ जिल्ला सम्मेलन पनि भव्य भयो अब विजय जुलुस पनि भव्य निकाल्नु पर्छ कार्यकर्तालाई हौस्याउनु भएको थियो ।
्जिल्ला अध्यक्ष शालिकराम जमकट्टेलको सभापतित्वमा सम्पन्न वैठकमा माओवादी केन्द्रका सचिवलय सदस्य पुष्पविक्रम मल्ल, धादिङ कम्यूनिष्ट आन्दोलनका धरोहर वेदनीधि अधिकारी, माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य जगत सिंखडा, माओवादी केन्द्र धादिङका उपाध्यक्ष रामबहादुर भण्डारी, सचिव विजय बुर्लाकोटी, सह सचिव मनराज भण्डारी, कोषाध्यक्ष शम्भु श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
वैठकमा धादिङ जिल्लाबाट केन्द्रिय महादिवेशन आयोजक समिति सदस्य बनेका ४० जना, काठमाडौ र पोखरा समन्वय समितिका संयोजक, जिल्ला सल्लाहाकार सदस्यहरु जिल्ला कमिटिका ९८ जना सदस्यहरु उपस्थित थिए ।