सहिद पार्क भत्तकाईएकोमा माओवादी केन्द्रको आपत्ति

Avatar photo
Dhadingpost
बिहिबार, माघ ६, २०७३

धादिङ माघ ६ । नेकपा माओवादी केन्द्र धादिङले आगिञ्चोक गाविसमा निर्माणाधिन सहिद पार्क भत्काईएकोमा आपत्ति जनाएको छ ।

जिल्ला वन कार्यालय धादिङले वन अतिक्रमण गरेको भन्दै बन्दै गरेको सहिद पार्क भत्काएको प्रति माओवादी केन्द्रको जिल्ला कमिटी वैठकले आपत्ति जनाएको हो ।

ढोला स्थित भुकम्प पिडितहरुको शिविरमा सुरुभएको जिल्ला कमिटिको वैठकमासहिद पार्कको विषयलाई एजेण्डागत रुपमा छलफल गरेको थियो । जिल्ला कमिटिको वैठकले सहिद पार्क समाज जिल्ला प्रशासनमा दर्ता भै कानुनी प्रक्रिया पुरा गर्दै स्थापना भएको संस्था भएको र जिल्ला प्रशानको अनुमति, जिल्ला नापी कार्यालयको नक्साङ्कन पछि निमार्ण सुरु गरिएको भन्दै जिल्ला वन कार्यालयले सहिदहरुको अपमान गरेको पनि वैठकले निर्णय गरेको सहिद पार्क समाजका अध्यक्ष तथा माओवादी केन्द्र धादिङका उपाध्यक्ष रामबहादुर भण्डारीले बताउनु भयो ।

जिल्ला वन कार्यालय धादिङका प्रमुख इमनाथ पौडेलले सस्तो लोक प्रियता कमाउने सहिद पार्क भत्तकाएकोे भन्दै नेता भण्डारीले सहिद तथा वेपत्ताहरुको सम्मानार्थ बन्दै गरेको पार्क निर्माण गर्न कुनै संसदकोषको पैसा नहालिएको वताउनु भयो ।

उहाँले जिल्लाको सर्वदलिय सहमति अनुरुप जिल्ला विकास समितिबाट पैसा विनियोजन गरि जिल्ला विकास समिति कै प्रावीधिकको स्टमेट अनुसार सो पैसा खर्च गरिएको बताउँदै ।

इमनाथ पौडेलले समाजिक संजाल प्रयोग गरि माओवादी केन्द्र र उक्त पार्क निमार्ण समितिलाई वदनाम समेत गरेको बताउनु भयो । इमानाथ पौडेल जिल्ला वन कार्यालय धादिङका प्रमुख हुन् जिल्ला विकास समिति धादिङका प्रविधिक होइनन् जताभावि संस्था र कामको टिप्पणी गर्ने अधिकार छैन यसको जवाफ सहिद तथा व्यपक्त परिवार र माओवादी केन्द्रले पौडेल सँग माग्ने समेत बताउनु भएको छ ।

वन अतिक्रमण गरेको आरोपमा रेडियो धादिङको भवन भत्ताकाएर चर्चामा आएका इमनाथ पौडेललाई माओवादी कार्यकर्ताको आरोेप लाग्ने गरेको थियो । यो आरोप को खण्डन गर्न सहिदपार्क भत्तकाएको आकलन गरिएको छ ।