माओवादी केन्द्रको पहिलो वैठक भुकम्प पिडित शिविरमा

Avatar photo
Dhadingpost
बुधबार, माघ ५, २०७३

धादिङ माघ ५ गते । नेकपा माओवादी केन्द्र धादिङले चौथो जिल्ला सम्मेलनबाट बनेको जिल्ला सदस्यहरुको पहिलो वैठक ढोला स्थित तल्लो आहाले भुकम्प पिडित अस्थायी शिविरमा बिहिबारबाट सुरु हुँदैछ ।

पौष २३ गते धादिङबेसी स्थित बृहत जनसभा गर्दै उद्घाटन गरेको चौथो जिल्ला अधिवेशनबाट ९८ जना जिल्ला सदस्य निर्वाचित गर्दै पौष २५ गते सम्मेलन सकिएको थियो निर्वाचित कार्य समितिको पहिलो वैठक लापाबाट भुकम्पका कारण विस्थापित बनेका भुकम्प पिडितहरुको शिविरमा हसन लागेको हो ।

नेकपा माओवादी केन्द्र धादिङका नव निर्वाचित अध्यक्ष शालिकराम जमट्टेलका अनुसार पहिलो वैठक बिहिबर र शुक्रबार २ दिन शिविर मै बैठक बस्ने र ‘गाउँ नगर घर घर जाऔं, माओवादी केन्द्रलाई विजय गराऔं’ भन्ने नारा लाई कार्यन्ययन गर्न कार्य विभाजन गरिने बताउनु भयो ।

उहाँले अब हरेक जिल्ला सदस्यलाई योजना सहित जिम्मेवारी दिईन्छ काम गर्ने जुझारु कमरेडहरु समितिका निर्वाचित हुनुभएकोले माओवादी केन्द्र अबको १ नम्बर पार्टी बनाउने अभियानमा जान्छ । हिजो जस्तो निराशा अब कार्यकर्तामा हुँदैन हाम्रो पहिलो वैठकको योजना हरेक सदस्यलाई ३ महिने योजना सहित कायक्षेत्रमा पठाउने हुनेछ ३ महिना पछि कामको समिक्षा गरिन्छ काम नगर्ने सदस्यलाई भुमिका दिईने छैन अध्यक्ष जमकट्टेलले धादिङपोष्टलाई बताउनु भयो ।

माओवादी केन्द्र धादिङको पहिलो वैठक हुने यस शिविरमा २६ घर धुरीका १ सय ७ जना बस्दै आएका छन्