माओवादी नेता विप्लवलाई खुल्ला पत्र

Avatar photo
Dhadingpost
बुधबार, माघ ५, २०७३

आदरणीय काम्रेड

मैले सुन्दैछु आगामी फागुन १ गते देखि पार्टीको नाम फेरिदैछ रे, के यो सत्य हो ? आगामी फागुन १ गते देखि पार्टीको नामबाट माओवाद हटाईँ छ रे भन्ने सुन्दै छु के यो सत्य हो ?

आदरणीय काम्रेड किन पार्टीले माओवाद हटाउने निर्णय गर्दैछ ? कम्रेड तपाईंलाई थाहा छ माओवादलाई आत्मसात गर्दै हामीले जनयुद्ध लडेयौं । माओवादको बाटोमा हजारौंको बलिदान भयो हजारौं बेपत्ता भएका छन् ।

काम्रेड हामीलाई कसैले उपहार दिएको होइन माओवाद, हजारौंको बलिदानबाट जन्मेको हो माओवाद, आदरणीय काम्रेड माओवादलाई हटाएर हामीले कुन वाद मान्ने कुन वादको पछि हिड्ने ? कम्युनिस्टको झण्डा ओढ्ने पार्टीहरु धेरै छ नेपालमा वास्तवमा तिनिहरु कम्युनिस्ट पार्टी होइनन् । कुनै बेला केपि ओलीले साम्राज्यवादको कुनै पात्र नेपालमा आउँदा ओलीले कम्युनिस्ट पार्टीको झण्डा लुकाएक थिए । कतै हामीले पनि त्यस्तै एमालेको जस्तो बिसर्जनको बाटो रोज्न लागेको त होइनौं ?

आदरणीय काम्रेड हामीले माओवादको शब्दनै हटाएर एकीकृत जनक्रान्तिको घोषणा गर्नु भनेको आफू नांगै हिडेर अरुलाई छोटो लुगा नलगाउ भन्नू जस्तो त हुँदैन ?

समय धेरै बाँकी छ एकपटक गम्भिर भएर सोच्नुस कतै हामीले माओवादलाई हटाउने निर्णय गरेर माओको अपमान गर्दैत छैनौं ? कि हामीलाई पनि कसैको दवाब त छैन ? यदि हामीले कसैको दवावमा वा कसैको इसारामा माओवाद हटाउन लागेका हौं भने त्यो कदापि नेपाली जनतालाई मान्ने हुँदैन किनकि सर्बहारा जनताको एक मात्र भरोसाको केन्द्र भनेको नेकपा माओवादी हो ।

जुन पार्टीको नेतृत्व तपाईं हामीले गर्दै छौँ । माक्र्सवाद पुरानो हुँदैन माओवाद पुरानो भएको छैन यो त बिज्ञान हो, हामीले बिज्ञानलाई कसरी प्रयोग गर्ने भन्ने कुरा तपाईं हामीले योजना बनाउने हो र प्रयोग गर्ने हो । तर विज्ञानलाई अस्विकार गर्ने अधिकार कसैलाई पनि छैन । विज्ञानले प्रयोगको माग गर्छ प्रयोग पछि रिजल्ट निस्कन्छ त्यो नै विज्ञानको नियम हो, तर यहाँ हामीले त विज्ञानलाई प्रयोग नै नगरीकन अस्विकार गर्न लागेको त होइनौं ?

आदरणीय धादिङका जनयुद्धको सुरुवात देखि अनवरत रुपमा क्रियासिल नेतृत्व मोहन कार्की दाईले आफ्नो फेसबुक वालमा यस विषयमा केहि त प्रष्ट पर्ने कोसिस गर्नु भएको छ तर मन वेचैन भो कतै माओवादी शब्द त हट्दैन ? यो माओवाद आन्दोलनको उर्जा हो उर्जालाई हटाएर हामीले फेरि कस्तो गर्दै छौ । हामी अब यो या त्यो योजना र कार्यदिशामा अल्झि रहनु हुँदैन हामी सँग यत्रो तागत छ कार्यदिशा स्पष्ट छ अनि फेरि किन होमिन डराई रहेका छौ विप्पलव कमरेड अव निर्देशन दिन ढिला भै सक्यो निर्देशन दिनुहोस हामी योजनामा हाम फाल्न तयार छौ ।

आदरणीय महासचिव काम्रेड तपाईं कसैको दवाब र कसैको इसारामा नचल्नुस तपाईंको साथमा सर्बहारा जनता छन्, र हामी पुर्ब जनमुक्ति सेनाहरु छौँ देश र जनताको लागि हामी लड्न तयार छौ, जित जनताकै हुनेछ । पार्टीले माओवाद हटाउने निर्णय गरेको छ भने त्यो निर्णय सच्याउने कोसिस गरियोस्   ।

किरण सिटौला (दिप किरण क्षेत्री)
(पुर्ब जनमुक्ति सेना नेपाल )
धादिङ सल्यानकोट