धादिङ माघ ४-
सोमबार धादिङबेशीबाट खाल्टे जाँदै गरेको यात्रुवहाक वस खाल्टे ५ पतेनीमा दुर्घटना हुदा खाल्टेका पञ्चकन्या माविका शिक्षक माधव अधिकारीको निधन भएपछि आज एक दिनका लागि सुनौलाबजार स्रोतकेन्द्र अन्र्तगतका विद्यालयहरु बन्दको आह्वान गरिएको छ । अधिकारीको सम्झनामा आज श्रद्धाञ्जलि कार्यक्रम गरि विद्यालयको पठापाठन बन्द गरिने जनाईएको छ ।
सोमबार दिउसो ४ बजे धादिङबेशीबाट खाल्टेको फ्याक्सेको लागि छुटेको बा ३ ख ८२६३ नम्बरको धादिङ यातायातको बस पतेनीमा दुर्घटनामापरेको थियो । दुर्घटनामा शिक्षक अधिकारी सँगै खाल्टे ५का सन्तोष जम्मरकट्टेलको उपचारमा क्रममा सोमबार राती काठमाण्डौमा निधन भएको छ ।
अन्य घाईतेहरुको अहिले धादिङ र काठमाण्डौमा उपचार भईरहेको छ ।