खाल्टे पतेनी दुर्घटनाः उपचारको क्रममा २ जनाको ज्यान गयो (अपडेट )

Avatar photo
Dhadingpost
मङ्लबार, माघ ४, २०७३

धादिङ माघ ४-

accident

धादिङबेशीबाट खाल्टे जाँदै गरेको यात्रुबाहक बस सोमबार साँझ पतेनीमा दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।उपचारको क्रममा काठमाण्डौको ट्रमा सेन्टरमा धादिङ खाल्टे ६ का माधव प्रसाद अधिकारी र खाल्टे ६ कै सन्तोस जम्मरकट्टेल रहेको प्रहरीले जनाएको छ । घाईते मध्ये १७ जनाको अवस्था गम्भीर रहेकोले धादिङमा उपचार हुन नसकेपछि काठमाण्डौ रिफर गरिएको थियो ।

सोमबार दिउसो ४ बजे धादिङबेशीबाट खाल्टेको लागि छुटेको ना३ख ८२६३ नम्बरको यात्रुवाहक वस दुर्घटनामा परेको हो । कच्ची र साघुरो बाटो भएको कारण दुर्घटना भएको हुन सक्ने स्थानीय बताएका छन ।

बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।घाईते मध्ये २ जानको धादिङबेशी रहेको जिल्ला अस्पतालमा उपचार भईरहेको छ भने ३ जना उपचारपछि घर फर्किएका छन । बसमा २६ जना भन्दा बढि यात्रु रहेको स्थानीयले बताएका छन ।