धादिङ माघ ३ । विप्लव नेतृत्व रहेको नेकपा ( माओवादी) धादिङको चौथो जिल्ला सम्मेलन आज देखि सुरु भएको छ ।
धादिङबेसी पुछारबजारबाट र्याली सुरु हुँदै बजार परिक्रमा गरि जिल्ला खेलकुद विकास समितिको कवोर्डहलमा पुगेर सम्मेलनको उद्घाटन गरिएको थियो ।
संसारका मजदुरहरु एक होऔं भन्ने मुल नाराका साथ सञ्चालन भईरहेको सम्मेलनको बन्द सत्र मंगलबार विहान देखि सुरु हुनेछ ।
सम्मेलनको उद्घाटन गर्दै कार्यक्रममा प्रमुख अतिथि तथा स्थायी समिति सदस्य धमेन्द्र बस्तोलाले संसदवादी दलका नेताहरुले भारतिय विस्तारवाद सँग आत्म समर्पण गरेको आरोप लगाउनु भएको थियो । जनयुद्धका उपलब्धिलाई भर्याङ बनाएर कमाउ धन्दामा लागेकाहरु संशशोधनवाद फसेको घुमाउरो पारामा माओवादी केन्द्रलाई कटाक्ष समेत गर्नुभएको थियो ।
सम्मेलनको उद्घाटन सत्रमा नेकपा माओवादी धादिङका सेक्रेटरी राम बहादुर श्रेष्ठको सभापतित्व, स्थायी समिति सदस्य धर्मेन्द्र बस्तोलाको प्रमख आतिथ्यता तथा पोलिट व्युरो सदस्य तथा पश्चिम ताम्सालिङ ब्युरो इन्चार्ज उमा भुजेल (शिलु)को विषेश आतिथ्यता रहेको थियो । कार्यक्रममा पार्टीका कार्यकर्ता लगायतका उपस्थिति रहेको थियो ।