धादिङको खाल्टेमा बस दुर्घटना १५ भन्दा बढि यात्रु घाईते

Avatar photo
Dhadingpost
सोमवार, माघ ३, २०७३

धादिङ माघ ३-

accident

धादिङबेशीबाट खाल्टे जाँदै गरेको यात्रुबाहक बस सोमबार साँझ पतेनीमा दुर्घटना हुँदा १५ यात्रु घाइते भएका छन् ।घाईते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।

सोमबार दिउसो ४ बजे धादिङबेशीबाट खाल्टेको लागि छुटेको ना३ख ८२६३ नम्बरको यात्रुवाहक वस दुर्घटनामा परेको हो । कच्ची र साघुरो बाटो भएको कारण दुर्घटना भएको हुन सक्ने स्थानीय बताएका छन ।

बस सडकबाट करिब २ सय मिटर तल खसेको छ । घाईतेहरुको अहिले सदरमुकाम धादिङबेशी रहेको जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।

list