धादिङ माघ ३ । धादिङ जिल्लाकोे धुषा गाविसका १ हजार ५ सय घरधुरी चेपाङलाई न्यानो कपडा लगायत गैह्रखाद्य सामाग्री वितरण गरिएको छ ।
१९ औं भुकम्प दिवस आइतबारअवसरमा आइतबार नेपाल रेडक्रस सोसाइटीको आयोजनामा गरिएको ८ सय चेपाङ्ग परिवार र ७ सय १२ अन्य समुदाय लाई यानो कपडा सहित गैह्रखाद्य सामाग्री वितरण गरिएको हो ।
भुकम्प दिवसकै अवसरमा आइतबार विहान सदरमुकाम को पुछारवजार देखि सिरान वजार सम्म चेतनामूलक र्यालीको आयोजना गरिएको थियो, । जिल्लामा पुनर्निमाणमा कार्यरत भुकम्पमा कार्यरत विभिन्न संघसंस्थाहरु, सरकारी कार्यालय प्रमुख र स्थानीयवासीहरुले भुकम्प वाट जोगिने उपाय र भुकम्प प्रतिरोधक घर निर्माण गर्ने सनदेस मुलक प्लेकार्ड वोकेर वजार परिक्रमा गरिएको थियो ।