भूकम्प दिवसमा हाँजिर जवाफ प्रतियोगिता सम्पन्न

Avatar photo
Dhadingpost
आइतवार, माघ २, २०७३

प्रमोद भट्ट,
धादिङ सल्यानकोट माघ ३ । उन्नाईँसौ राष्ट्रिय भूकम्प दिवसको अवसरमा आगिञ्चोक गा. वि. स. को श्री सुन्दरी माध्यामिक विद्यालयमा अन्तर मा. विहाजिरि जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

युरोपियन युनियनको अर्थिक सहयोगमा केयर नेपाल र एक्सन नेपालद्धारा जिल्लामा सञ्चालित प्रयास परियोजनाले आयोजना गरेको कार्यक्रममा गा. वि. स. का तीन वटा माध्यामिक विद्यालयहरुको सहभागीता रहेको थियो ।

विपद् जोखिम न्युनीकरण र सुरक्षित पुनर्निर्माणमा आधारीत प्रतियोगितामा सुन्दरी माध्यामिक विद्यालय ए प्रथम, सुन्दरी माध्यामिक विद्यालय कै टिम बि द्धितिय भिमोदय माध्यामिक विद्यालय तृत्तिय भएकाथिए । पुरस्कृत विद्यार्थीहरुलाई सुन्दरी माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद बुर्लाकोटिले पुरस्कार वितरण गर्नुभएको थियो