रेडक्रस माथि छानबिन हुदै..

Avatar photo
Dhadingpost
आइतवार, माघ २, २०७३

काठमाडौं माघ २ । समाजकल्याण परिषद्ले भूकम्पपछिको पुननिर्माण र पुनस्र्थापनाको लागि जम्मा भएको करोडौं रुपैयाँ दुरुपयोग गरेको विषयमा नपाल रेडक्रस सोसाइटी माथि छानविन गर्ने भएको छ ।

भूकम्पपछि राहत, उद्धार तथा पुनस्र्थापनामा सक्रिय रुपमा लागिरहेको रेडक्रसले बताउँदै आएको छ । तर उसले काम गरिरहेका क्षेत्रका धेरै भूकम्पपीडित अस्थायी टहरामा गुजारा चलाउन बाध्य छन् ।

अस्थायी टहरामा पीडित जाडोले काँपिरहेका बोला रेडक्रसले भूकम्पपीडित कोषको रकम कार, मोटरसाइकल, स्कुटरजस्ता सामाग्री खरिद र कर्मचारी तलबभत्तालगायत शीर्षकमा जथाभाबी खर्चिएको सार्वजनिक भएपछि परिषद्ले छानविन गर्न लागेको हो । यो खबर आजको नागरिक दैनिकले छापेको हो ।