केवलपुरका जेष्ठ नागरिकलाई जाडोको कपडा वितरण

Avatar photo
Dhadingpost
शनिबार, माघ १, २०७३

धादिङ माघ १ । धादिङको केवलपुरका जेष्ठनागरीकहरुलाई जाडोको न्यानो कपडा वितरण गरिएको छ ।

गोरखनाथ कल्याण केन्द्र परिवार नेपाल, धार्केले ति जेष्ठनागरीकलाई जाडोबाट बच्नका लागि न्यानो कपडा बितरण गरेको हो ।

केवलपुर गाउँ विकास समितिका ७५ बर्ष देखि ९९ बर्ष सम्मका १३ जना जेष्ठ नागरीकलाई न्यानो कपडा बितरण गरीएको गोरखनाथ कल्याण केन्द्रका हरिहर रेग्मीले बताउनुभयो ।

केन्द्रले वितरण गरेको सामानमा ब्याङ्केट, टोपी, पछ्यौरा, जुत्ता, हिँडडुल गर्नको लागी आबश्यक पर्ने लौरो रहेका छन् ।