किशोर अधिकारी खाल्टे, सुमन अधिकारी धुवाँकोट, देवि सिटौला चैनपुर/
धादिङ माघ १ गते । धादिङको विभिन्न गाविसमा गोरु जुधाई प्रतियोगिताका साथ माघे सक्रान्ति मनाइृएको छ ।
धादिङको खाल्टे फ्याक्से, धुवाँकोटको भगेरी स्थान र चैनपुरको सुनखानीमा गोरु जुधाउने प्रतियोगिता गरी माघेसक्रान्ति मनाईएको हो ।
केहि वर्ष अघि सम्म धादिङ र नुवाकोटको सिमानामा तारुकामा गोरु जुधाईले प्रतियोगित विस्ता रै धादिङका गाविसहरुमा छुट्टा छुट्टै रुपमा मानाउन थालिएको छ । प्रतियोगिता हेर्न काठमाडौं र धादिङका विभिन्न स्थानबाट आउने गर्दछन् ।
धुवाँकोटमा ११ हल, खाल्टेमा १० हल र चैनपुमा ६ हल गोरु जुधाईएको थियो ।
किन सुरु भयो यो मेला धुवाँकोटमा ?
गोरु जुधाइ विशेष त पृथ्वीनारायण शाहले राज्य एकीकरण गर्नु अगाडी २२ सय चौबीसे राज्य अन्तर्गत नुवाकोट राज्यको बेत्रावतीमा बझाङका राजा नुवाकोट मामा घर आउँदा राजा पृथ्र्बीनारायण शाहले भान्जालार्इ मनोरन्जन दिनको लागि गोरु जुधाउन सुरु गरेको किम्बदन्तीमा भेटिन्छ । नुवाकोट राज्य निर्माणको प्रक्रियामा धादिङमा रहेको धुवाकोट र सल्यान्कोटपनि गाभिएका थिए ।
राजा महेन्द्र ले २०१९ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा बिभाजन गर्दा नुवाकोट राज्यको ९ वटा कोटहरु छीन्न भिन्न भएका थिए । ९ वटा कोटहरु सल्यान्कोट र धुवाकोट, हाल धादिङमा, कालिकोट हाल रसुवा जिल्लामा, बाकी ६ वटा कोटहरु बेल्कोट, मालाकोट, प्यासकोट, सिमल्कोट, भैरम्कोट, र दरबार रहेको स्थान नुवाकोट गरि ९ वटा कोट रहेका पाहिन्छ ।
त्यो वेला कोट-कोट बीच गोरु जुधाउन थालिएको बिस्तारै कोट-कोट मै यो मेला लाग्न थाल्यो । यसैको प्रतिनिधित्व गर्दै धुवाँकोटमा गोरु जुधाउन सुरु गरिएको आयोजकको दावी छ ।
(तस्वीरः खाल्टे किशोर अधिकारी, धुवाँकोट बुद्धि तामाङ, चैनपुर देवि सिटौला)