गोपाल फ्युबा तामाङ
काठमाडौ माघ १ । राष्ट्रिय नाचघर जमलमा एक कार्यक्रम गरी प्रथम ऐतिहासिक म्हेन्दोमाया म्युजिक अवार्ड २०७३ प्रदान गरिएको छ ।
हालसम्म रेकर्ड भएका गीतहरू मध्ये नयॉ र पुरानो गरी दुई समूहको ३१ विधामा प्रतिस्पर्धा गराएको थियो । ति मध्ये टप फाइभलाई गत पौष १६ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका थिए । त्यस पश्चात फेसबुक लाइक र एसएमएस भोटिङ मार्फत उत्कृष्ट छनोट गरेका थिए । उत्कृष्टलाई आयोजक वर्लुम्हेन्दो डिजिटल र कर्च्योल प्रा लि ले अवार्ड प्रदान गरेको हो ।
अवार्ड नयाँ र पुराना गरी दुई समुहमा वितरण गरेको थियो । जसमा हेम वाइबाले नवं एरेन्जर र पुरुष गायकको अवार्ड प्रप्त गरेको छन् । रोशन फ्युबाले सम्पादन र फिलिङ गीतमा अवार्ड जितेका छन् भने नव फिलिङ गीत र नव म्हेन्दोमाया उत्कृष्ट गीतमा सुमन घले, नव सम्पादन र छायाँकनको अवार्ड दिपेन्द्र भट्टले दुई विधामा जितेका हुन् ।
त्यसैगरी नवतर्फ गीतकार चिजा लेकाली, संगीतकारमा सन्दीप स्याम्चेन, गायकमा कृति तामाङ, गायिकामा रितु लामाले जितेका छन् । नव अभिनयतर्फ पुरुषमा अरिन तामाङ र महिलामा बिना लामाले जितिए । निर्देशकमा मुना घले, उत्कृष्ट एल्बममा छिमी मम्बा र नव उत्कृष्ट भिडियोमा पूर्ण तामाङले जितेका छन् ।
पुरानोतर्फ गीतकारमा साइलप वाइबा तामाङ, संगीतकारमा युवि मोग्रेसा, एरेन्जरमा पवान वाङ लामा, गायिकामा रमला पाख्रिनले जितेका हुन् । छायाँकनमा प्रकाश वाइबा, निर्देशकमा राज किङ वाइबा, कोरियोग्राफिमा सिंग बहादुर तामाङ, उत्कृष्ट एल्बममा पुष्पा वाइबा र उत्कृष्ट गीतमा राम गोम्जाले अवार्ड जितेका थिए । त्यस्तै गरी अभिनय पुरुषमा आरम्भ तामाङ, महिलामा रुपा एस घलेले जितेका छन् ।
म्युजिक कम्पनीको अवार्ड भने ल्हप्साङकर्पो म्युजिक प्रा।लि।ले जिते । त्यसैगरी पब्लीक च्वाइस अवार्डमा डोल्मा माङ्थेन तामाङ र जुरि अवार्डमा सन्जीता नरथेनले जितिन् । त्यस्तै म्हेन्दोमाया गीतसंगीतका स्रस्टा लेक योञ्जन तामाङलाई लाइभ अचिभ्मेन्ड अवार्डले सम्मान गरेको छ ।
प्रमुख अतिथि तथा पूर्व अर्थमन्त्री डा।रामशरण महतले अवार्ड जितेका सबैलाई बधाई दिई नेपालको पहिचान भनेकै कला, संस्कृति, भाषा, भेषभुषा प्राकृतिक विविधता रहेको बताए । जात जाति, भाषाभाषि, विभिन्न समुदायको आ–आफ्नै पहिचान रहेको बताउनुभयो । उनले भने ‘जो संस्कृति छ, त्यसैले नेपाललाई सम्पन्न बनाएको बताए ।’ यो म्हेन्दोमाया गीतसंगीतले तामाङ समुदायको एक परिचित र पहिचान रहेको बताउनुभयो ।
कार्यक्रममा आयोजकको तर्फबाट मिसेस तामाङ २०१६ का विजेताहरुलाई सम्मान पनि गरेका थिए । त्यसैगरी नेपालबाट एसियन कपमा काँस्य पदक विजेता र अमेरिकाको न्युयोर्कमा आयोजित फिका इन्टरनेसनल ओपन करातेमा स्वर्ण पदक विजेता बिमला तामाङलार्इ सम्मानतपत्रले सम्मान गरेका थिए ।
कार्यक्रममा सांसद बहादुरसिं लामा, सांसद दिलमान पाख्रिन, सांसद परशुराम तामाङ लगायत लब्ध प्रतिष्ठित व्यक्तित्वहरूको आतिथ्यतामा रहेको थियो ।