धुवाँकोटमा आज कृषि मेला तथा गोरु जुदाइ कार्यक्रम हुँदै

Avatar photo
Dhadingpost
शनिबार, माघ १, २०७३

सुमन अधिकारी धुवाँकोट
धादिङ माघ १ । धुवाँकोटमा आन्तरी तथा बाहेय पर्यटन प्रबर्द्धन गर्ने उद्धेश्य र गाविसमामा उत्पादित कृषि जन्य वस्तुको प्रदशनी गरिदै छ । आज माघे माघेसंक्रान्ति विशेष कृषि मेला प्रदशनी एवम् गाविस भरिबाट भाग दिएका ११ हल गोरु जुभाउने तयारी भएको मुल आयोजक समिती का संयोजक टन्क प्रसाद सापकोटाले जान्कारी गराउनु भयो ।

धुवाँकोट ७ भन्ङ्गेरी स्थान मा गोरु जुधाउन को लागि ११ हल गोरु दर्ता भयका छ्न् गोरु जुधाउने मेला गत वर्ष देखि सुरु गरिएको हो ।

किन सुरु भयो यो मेला धुवाँकोटमा ?

गोरु जुधाइ विशेष त पृथ्वीनारायण शाहले राज्य एकीकरण गर्नु अगाडी २२ सय चौबीसे राज्य अन्तर्गत नुवाकोट राज्यको बेत्रावतीमा बझाङका राजा नुवाकोट मामा घर आउँदा राजा पृथ्र्बीनारायण शाहले भान्जालार्इ मनोरन्जन दिनको लागि गोरु जुधाउन सुरु गरेको किम्बदन्तीमा भेटिन्छ । नुवाकोट राज्य निर्माणको प्रक्रियामा धादिङमा रहेको धुवाकोट र सल्यान्कोटपनि गाभिएका थिए ।

राजा महेन्द्र ले २०१९ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा बिभाजन गर्दा नुवाकोट राज्यको ९ वटा कोटहरु छीन्न भिन्न भएका थिए । ९ वटा कोटहरु सल्यान्कोट र धुवाकोट, हाल धादिङमा, कालिकोट हाल रसुवा जिल्लामा, बाकी ६ वटा कोटहरु बेल्कोट, मालाकोट, प्यासकोट, सिमल्कोट, भैरम्कोट, र दरबार रहेको स्थान नुवाकोट गरि ९ वटा कोट रहेका पाहिन्छ ।

त्यो वेला कोट-कोट बीच गोरु जुधाउन थालिएको बिस्तारै कोट-कोट मै यो मेला लाग्न थाल्यो । यसैको प्रतिनिधित्व गर्दै धुवाँकोटमा गोरु जुधाउन सुरु गरिएको आयोजकको दावी छ ।