दामोदर भट्ट, फुलखर्क
धादिङ, माघ १ । फुलखर्क गाउँ विकास समीतीको २५ औं गाउँ परिषद फुलखर्क गाविस कार्यलयमा सम्पन्न भएको छ ।
गाविस सचिव हरिशरण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उक्त गाउँ परिसदले २०७४÷७५ को चालु बजेट ५ लाख ४५ हजार र पुजिगत बजेट ४० लाख ९२ हजार त्यसै गरी जिल्ला विकास समिति प्राकृतिक स्रोत बाडफाडबाट प्राप्त २ लाख २० हजार गरी जम्मा ४८ लाख ५७ हजार बजेट विनियोजन हो ।
कार्यक्रममा नेपाली काँग्रेसका मोहन बहादुर अधिकारी, एमालेका रामचन्द्र अधिकारी ,माओवादी केन्द्रका राजकुमार कार्की, राप्रपाका शम्भु सिंखडा, स्थानिय संघ संस्थाका प्रतिनिधि, सरकारी कार्यलयका प्रमुख एवम प्रतिनिधि, त्यसै गरी स्थानीय जनसमुदायको उपस्थीतीमा गाउँ परिषद सम्पन्न गरिएको थियो ।