धादिङ पौष २९ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी) धादिङको जिल्ला अधिवेशन नजिकिएको छ ।
नेकपा (माओवादी) धादिका सेक्रेटरी रामबहादुर श्रेष्ठले जिल्ला अधिवेशनको सबै तयारी अन्तिम चरणमा पुगेको बताए सँगै आगामी माघ ३ गते अधिवेसन सम्पन्न हुन लागेको हो ।
फागुन १ गते काठमाडौंको खुल्ला मञ्चमा उद्घाटन गरी जनयुद्धको आधार क्षेत्र रोल्पामा सम्पन्न हुन गहिरहेको केन्द्रिय महादिवेशनमा जिल्लाबाट दिने बैचारिक बहस केन्द्रित हुने हुँदा पदिय छलफल नहुुने बताउँदै सेक्रेटरी श्रेष्ठले धादिङपोष्टलाई हामी विचारको बहस गर्छौ र जिल्लाको एक मत सुझाव केन्द्रलाई दिन्छौ भन्नु भयो । अहिले पदिय बहसमा हैन विचासको बहास हुन्छ जिल्ला अधिवेशनमा ।
धादिङबेसी स्थित कवर्डहलमा जिल्ला अधिवेसनको उद्घाटन हुने बताउदै सेक्रेटरी श्रेष्टले उद्घाटन सत्रमा उपस्थितिको लागि धादिङबासीलाई आग्रह पनि गर्नु भयो ।