धादिङ पौष २९ । नयाँ शक्ति पार्टी नेपाल धादिङले धादिङका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल मार्फ प्रधान मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
नयाँ शक्ति पार्टी नेपाल धादिङका उत्पेरक टेकबहादुर तामाङको नेतृत्वमा जिल्ला प्रशासन पुगेका नयाँ शक्ति धादिङका कार्यकर्ताले विभन्नि माग राखि प्रमख जिल्ला अधिकारी मार्फत प्रधान मन्त्रीलाई ज्ञापन पत्र बुझाएका हन् ।
ज्ञापन पत्रमा नेपालको शासकिय स्वरुपमा परिवर्तन नगरी राजनीतिक स्थायित्व, विकास र समृद्धि सम्भव नभएको उल्लेख गरिएको छ । भ्रष्टचार समाजको महारोग बनेको र दलहरुकै आड भरोसा र संरक्षणमा मौलाउने मौका पाएकोले भ्रष्टचार विरुद्धको अभियान शुन्य सहनशिलता, पारदर्शिता र सुशासनका लागि संविधान संशोधन गरि सैवधानिक लोकपाल गठन गर्न समेत ज्ञापनपत्र मार्फत माग गरिएको छ ।
भुकम्प पछिको पुननिर्माणले गति लिन नसकेको, पिडित जनताको जीवनयापन झन कष्टकर बन्दै गईरहेको, महंगी, बेरोेजगारी, युवा पलाएन रोक्न नसकेको, छुवाछुत, जातिय भेदभाव, महिला हिंसा, बाल शोषण बढेको भन्दै ज्ञापन पत्र मर्फत सरकारलाई गम्भीर बन्न माग गरेको छ ।
ज्ञापन पत्र बुझउने कार्यक्रममा नयाँ शक्ति पार्टी नेपाल धादिङका संयोजक वीरबहादुर तामाङ, केन्द्रिय परिषद सदस्यहरु सृजना रिजाल, रामढकाल, सेतिमायाँ तामाङ, प्रमोल पोखरेल, अशोक बस्नेत र धादिङ ३ क्षेत्रका सह संयोजक नकुल थापा लगायतका नेताहरु सहभागी थिए ।
यस अधि आश्विन २ गते बुझाएको ज्ञापन पत्र सरकारले खासै ध्यान नदिएको भन्दै नयाँ शक्तिले देशैभरिका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधान मन्त्रीलाई आज ज्ञापन पत्र बुझाएको छ ।