माघ १७ गते भित्र जिल्लाका दललाई विवरण बुझाउन निर्देशन

Avatar photo
Dhadingpost
बिहिबार, पुस २८, २०७३

धादिङबेसी पौष २८ । जिल्ला निर्वाचन कार्यालय धादिङले जिल्लाका सबै राजनितिकदलहरुलाई आगामी माघ १७ गते भित्र दलको नाम ठगाना केन्द्रिय कार्यालय सहित को विवरण बुझाउन निर्देशन गरेको छ ।

निर्वाचन आयोग १ सय ११ राजनीतिक दलहरु दर्ता भएका छन् । जिल्ला स्तरमा पनि आगामी स्थानीय निर्वाचनको प्रभावकारी ब्यवस्थापनको लागि भन्दै क्रियाशिल राजनीतिक दलहरुको विवरण मागेको हो ।

२०७३ माघ १७ गते भित्रमा आफ्नो राजनीतिक दलको नाम,दलको केन्द्रीय कार्यालय रहेको ठेगाना, दलको केन्द्रिय समितिका अध्यक्ष वा सभापति वा महासचिवको नाम, दलको जिल्ला स्तरीय समितिका प्रमुख र पदाधिकारीहरुको नाम, ठेगाना र सम्पर्क नम्बर तथा जिल्ला स्तरीय समितिको इमेल ठेगाना सहितको अध्याबधिक विवरण निर्वाचन आयोगले तयार गरेको ढाँचामा तयार गरी बुझउन अनुरोध समेत गरेको छ ।

अध्याबधिक विवरण भर्न निर्वाचन आयोगलेको वेबसाइट www.election.gov.np डाउनलोड गर्न सकिने छ वा जिल्ला निर्वाचन कार्यालयबाट पनि लिन सकिने छ ।

निर्वाचन आयोगले तयार गरेको ढाँचा