धादिङ । स्थानीय विकास मन्त्रालयले स्थानीय तहको प्रतिवेदन मन्त्रिपरिषदबाट स्वीकृत हुनासाथ प्रत्येक स्थानीय तहमा शाखा अधिकृतको नेतृत्वमा कम्तिमा चार कर्मचारी खटाउने तयारी थालेको छ ।
मन्त्रिपरिषदले स्थानीय तहको प्रतिवेदन स्वीकृत गर्ने वित्तिकै गाविसको संरचना खारेज हुने र नयाँ संरचना सक्रिय हुने भएकाले गाविस सचिवलाई वर्डा सचिव बनाउन लागिएको हो ।
मन्त्रालयले गरेको अध्ययनले शिक्षक, स्वास्थ्यकर्मी, सेवा केन्द्रमा रहने कर्मचारी, नगर प्रहरी बाहेक पनि एउटा गाउँपालिकामा २५ जना, नगरपालिकामा ३५ जना र उपमहानगरवालिकामा कम्तिमा पनि ७५ जना कर्मचारी चाहिने प्रस्ताव गरेको छ ।