नारायण सिलवाल,
धादिङबेसी पौष २८ । धादिङबेसीबाट रेडियो बिहानी संचालन गरि रहेको सहिद स्मृति संचार सहकारी संस्था लि.को सातौं वार्षिक साधरण सभा सम्पन्न भएको छ ।
धादिङ उद्योग वाणिज्य संघको सभाहलमा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य पुष्पविक्रम मल्लको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा प्रमुख अतिथि मल्लले धादिङ लगायत ४० जिल्लाका जनताहरुलाई सुसुचित गराउने गरि रेडियो बिहानी संचालनमा आएको सातौ वर्ष भएको उपलक्ष्यमा सेयर सदस्यहरुलाई शुभकामना दिनु भएको थियो । उहाँले मुलुक अहिले पनि संक्रमण कालिन अवस्थावाट गुज्रिरहेको बताउँदै संविधान कार्यान्वयन गर्दै निर्वाचनमा जान सबैदलहरु तयार हुनुपर्ने बताउनु भएको थियो ।
साधारण सभामा रेडियो बिहानीको स्थापना काल देखि नै नियमित रुपमा समाचार पठाई क्रियाशिल पत्रकारिता गरेको भन्दै गोरखा तन्द्राङ ४ का कृष्णबहादुर लामिछानेलाई नगद रु ५ हजार र सम्मान-पत्र सहित सम्मानित गरिएको थियो ।
संस्थाका अध्यक्ष जगत सिंखडाको सभापतित्वमा सम्पन्न साधारण सभामा जिल्ला सहकारी संघ धादिङक गंगादत्त तिमल्सिना, भिटोफ नेपाल का अध्यक्ष कमल सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।
१ सय भन्दा बढी तात्कालिन जनमुक्ति सेवाका जवानहरु सहित ४सय४३ जना सेयर धनी रहेको यस सहकारीले रेडियो बिहानी संचालन गरि रहेको छ ।