धादिङबेसी पौष २७ । ‘स्वर्णिम भविष्यको लागी उद्यम’ भन्ने नाराका साथ धादिङ उद्योग वाणिज्य संघको २३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
धादिङबेसी स्थित संघको आफ्नै भवनमा मंगलबार भएको २३ औँ साधारण सभा धादिङ उद्योग वाणिज्य संघको अध्यक्ष वोदनाथ दुवाडीको सभापतिमा सम्पन्न भएको हो ।
कार्यक्रमका विशेष अतिथी तथा प्रमुख जिल्ला अधिकारी उमेश ढकालले निजी क्षेत्रमा लगानी प्रवर्धन गर्नका लागी विदेशी लगानी भि¥याउनु पर्ने बताउनुभयो । कार्यक्रममा आर्थिक वर्ष ७३÷७४ को वार्षिक आयव्यय समेत प्रस्तुत गरेको छ । जसमा बैँक मौज्दात ८२ हजार ८ सय ४६ रुपैँया रहेको छ भने नगद मौज्दात ७ लाख, २६ हजार ७ सय ६६ रुपैँया रहेको छ ।
यस आर्थिक वर्षको आम्दानी १८ लाख ९० हजार रहेको छ भने जम्मा खर्च १४ लाख, ५३ हजार रहेको छ । उद्योगको क्षेत्रमा रहेको सबैभन्दा ठुलो उर्जा समस्याको समाधान क्षणिकका लागी नभईकन दिर्घकालीन रुपमा भएको प्रमुख अतिथी तथा नेपाल उद्योग महासंघका उपाध्यक्ष शेखर गोल्छाले बताउनुभयो ।
उहाँले आर्थिक एजेण्डा सबल भएमात्र देशमा थप रोजगारीको वातावरण सृजना गर्न सक्ने जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख अतिथी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छा, विशेष अतिथी जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, तथा विभिन्न कार्यालयका प्रतिनिधीहरु सहित विभिन्न व्यावसायीहरुको उपस्थिति रहेको थियो ।