म ७० वर्ष भए तर बृद्धा भत्ता दिन मिल्दैन रे..

Avatar photo
Dhadingpost
मङ्लबार, पुस २६, २०७३

धादिङबेसी पौष २६ । म बुढो मान्छे, मलाई सामाजिक भत्ता दिन मिल्दैन रे, नौबिसेका एक जेष्ठ नागरीक गोविन्द प्रसाद उपाध्याय रिमालले कसरी म बहिनी र भाई भन्दा कान्छो भएँ उनी जिल्ला प्रशासनमा आफ्नो मत जाहेर गर्दै थिए ।

हामी पत्रकार भन्ने थाहा पाए पछि उनले झन् आक्रोसका साथ भने किन लेख्दैनौ म जस्ता बुढाहरुले सामाजिक सुरक्षा भत्ता नपाको समाचार, हाम्रो पालामा नागरिकता बनाउँदा कर्मचारीबाट धेरै गल्ती कमजोरी भएका रहेछन् । नागरीकतामा मेरो उमेर कम भएको थाहा पाएपछि श्रीमतीको नागरीकता हेरेको उनीको त झन् २० वर्ष कम छ ।

हामीले जिल्ला प्रशासनमा बुझ्यौ उनले २०४२ सालमा नागरीकता लिएका रहेछन् । बहिनी र भाईको नागरीकाता हेर्ने हो भने उनी बहिनी भन्दा ४ र भाई भन्दा ८ वर्ष कम उमेरका छन् । कर्मचारीबाट पक्कै कमजोरी भए कै हो तर फेरि अर्को जन्ममिति राखेर नागरिकता दिने अधिकार जिल्ला प्रशासनलाई हुँदैन भन्ने जवाफ जिल्ला प्रशासनबाट आयो ।

उनी २००४ सालमा असार १५ गते जन्मिएका हुन् विविध कारणले नागरिकता दिदा २०१२ जन्ममिति भएकोले पुनः जन्ममिति सच्याएर नागरिकताको प्रतिलिपि दिन गाउँ विकास समितिले सर्जमिन मुजुल्का सहित जिल्ला प्रशासनलाई सिफारिस गरेको छ । तर जिल्ला प्रशासनले उनलाई तपाई जेष्ठ नागरीक नै हो सर्जमिन मुजुल्काले त्यहि देखाउँछ तर के गर्नु कानुनले त्यो प्रमाण मान्दैन भन्यो ।

यो समस्या नौलो र धादिङको मात्र होइन देशभर यस्ता जेष्ठ नागरीकहरु सामाजिक सुरक्षा भत्ता लिनबाट बन्चित बनि रहेका छन् विविध कारणले । यस तर्फ सरकार गम्भीर बन्नु पर्छ नागरीकता दिँदा भएका तुर्टिले दुख त्यसमा पनि जेष्ठ नागरिकाहरुले यस तर्फ राज्यले सोच्नै पर्छ ।