धादिङ सहित ३७ जिल्लामा प्रधानमन्त्री कृषि परियोजना सुरु

Avatar photo
Dhadingpost
मङ्लबार, पुस २६, २०७३

धादिङ पौष २६ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजाना धादिङमा पनि सुरु हुन लागेको छ ।

मुलुकभर ३७ जिल्लामा लागु हुने प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सुपरजोन गरि दुईभागमा बाँडिएको छ जस अन्तरगत धादिङ जिल्लामा जोन स्तरको परियोजना संचालन हुन लागेको हो ।

नेपाल सरकारले १० वर्षे योजना सहित संचालनमा गर्दै गरेको यो परियोजना अन्तरगत सुपरजोन ७ जिल्लामा मात्र संचालन हुने जिल्ला कृषि विकास कार्यालय धादिङका वरिष्ठ कृषि विकास अधिकृत केशव देवकोटाले बताउनु भयो ।

जोन कार्यान्वयन ईकाई धादिङले कृषक, कृषि समुह र कृषि सहकारीको प्रतिनीधिहरुलाई जानकारी गराउन आयोजित १ दिने गोष्ठीमा वरिष्ठ कृषि विकास अधिकृत देवकोटाले तपाईहरु तयार हुनुहोस् परियोजना लागु हुँदैछ । यो परियोजना निस्चित गाविसमा पकेट क्षेत्रको रुपमा विकास गराउने गरि नीलकण्ठ नगरपालिका र मैदी गाविस मकैको बिऊ उत्पादनको लागि नीलकण्ठ र कुम्पुर तरकारी र आलुको लागि यो परियोजना संचालन हुने बताईएको थियो ।

धादिङको लागि यस वर्ष २ करोड ८० लाख ४७ हजार पकेट परियोजान र १ करोड ९३ लाख तरकारी र आलु उत्पादनको लागि त्यस्तै जोन स्तरमा मकैको बिऊ उत्पादनको लागि ८६ लाख ४९ हजार विनियोजन भएको जानकारी गराइएको थियो ।