माओवादी केन्द्रको अध्यक्षमा जमकट्टेल ( जिल्ला सदस्यको पूर्ण नामावली सहित)

Avatar photo
Dhadingpost
सोमवार, पुस २५, २०७३

धादिङबेसी पौष २५ । नेकपा माओवादी केन्द्र जिल्ला समिति धादिङको २ दिन अघि देखि जारी बन्द सत्र सकिएको छ ।

विभिन्न कम्यूनिष्ट पार्टीहरु पुनरगठन भएर बनेको माओवादी केन्द्रको एकता जिल्ला सम्मेलन शालिकराम जमकट्टेलको अध्यक्षतामा ९८ जना जिल्ला समितिका सदस्यहरु चयन गर्दै सोमबार बिहान सकिएको हो ।

सम्मेलनले उपाध्यक्षमा रामबहादुर भण्डारी, सचिवमा विजय बुर्लाकोटी, सह सचिवमा मनराज भण्डारी र कोषाध्यक्ष शम्भुकुमार श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको थियो । जिल्ला कमिटीमा जाने आकाक्षीहरु धेरै जना भएपछि गृहकार्य भन्दै आईतबार बेलुका सम्मेलनको बन्द सत्र स्थगित भएको थियो ।

आज बिहान ८ बजे पुन सुचारु भएको बन्द ले जिल्लाका सबै गाविसमा १०७ जना बराबर १ जना जिल्ला सदस्य बनाउने गरि मापदण्ड बनाई महिला दलितको विशेष कोटा निर्धारण गरी ९८ जना को जिल्ला समिति निर्वाचित गरेको थियोे । बन्द सत्रमा नेता शालिकराम जमकट्टेल र रामबहादुर भण्डारीले बोल्दै धादिङमा माओवादी जाग्यो, अब जनताको घर घर गएर पार्टीको कार्यदिशाका बारेमा बुझाउन कार्यकर्तालाई निर्देशन दिनु भएको थियो ।

जिल्ला सदस्यको पूर्ण नामावली