धादिङ पौष २४ । नेकपा माओवादी केन्द्र धादिङको चौथो जिल्ला सम्मेलनको बन्द सत्र सोमबार बिहान सम्मको लागि स्थगित भएको छ ।
आईतबार बिहान निर्धारित समय भन्दा ढिलो गरी सुरुभएको सम्मेलनको बन्दसत्र आईतबार दिनभर जारी रह्यो, प्रतिवेदनले दिन वित्यो कार्यसमितिको लागि छलफल सुरु गर्दैमा, सोमबार बिहान ७ बजे बस्ने गरि स्थगित गरिएको एक नेताले बताए ।
माओवादी केन्द्रका बरिष्ठ नेता तथा संगठन विभाग प्रमुख रामबहादु थापा (बादल) को प्रमुख आतिथ्यता र हजारौ कार्यकर्ताको उपस्तिथिमा आईतबार सम्मेलन उद्घाटन भएको थियो ।
को आउला नयाँ नेतृत्वमा
नयाँ कार्य समिति कस्तो आउने सम्भावना छ भन्ने धादिङपोष्टको जिग्यासामा एक जिल्ला नेताले सहमतिमै कार्यसमिति बन्ने दाबी गर्नु भयो उहाँले अध्यक्षमा शालिकराम जमकट्टेल र उपाध्यक्षमा रामबहादुर भण्डारीको प्रस्ताव संगठन विभाग प्रमुख बादलले गरेर जानु भएको छ अन्य पदाधिकारी सहित जिल्ला सदस्यहरुको टुङ्गो पनि सहमतिमै हुने बताए ।
कार्य समिति चयन त्यति सहज छैन आकाक्षिहरु धेरै छन् ७५ जना छान्न नेताहरुलाई कठिन छ तर पनि प्रयास जारी छन् ति नेताले भने ।